नेकपामा यसकारण गएनन् हृदेयश त्रिपाठी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपामा यसकारण गएनन् हृदेयश त्रिपाठी



तत्कालिन नेकपा एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी नेपाल कम्युनिष्ठ पार्टी प्रवेश नगर्ने खुलासा भएको छ ।

प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट चुनाव जितेका त्रिपाठी नेकपामा प्रवेश गर्ने चर्चा भए पनि अन्तिम समयमा प्रवेश नगर्ने भएका हुन् । नेकपाले भने त्रिपाठी र बृजेश गुप्ता आज नेकपामा प्रवेश गर्ने जनाएको थियो ।

त्रिपाठी र गुप्ताले अहिले नै नेकपामा प्रवेश गर्ने हल्ला मात्र रहेको दाबी गरेका छन् । उनीहरुले आफूहरुलाई नेकपामा प्रवेश गर्नै विाष्यमा कुनै जानकारी नभएको बताएका छन् ।

मधेशवादी दलबाट राजनीतिमा आएका त्रिपाठी स्व।जगेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा सहअध्यक्ष थिए ।

राजपा गठनपछि वरीयताक्रमबारे असन्तुष्टि जनाएका त्रिपाठीले स्वतन्त्र विचार समूह गठन गरेका थिए । उनीसँगै राजपाका महामन्त्री बृजेश गुप्तालगायतका नेताहरु बाहिरिएका थिए ।

उनको समूहबाट उनीसहित दुई जना प्रतिनिधिसभा सदस्य र केही प्रदेश सभा सदस्यले चुनाव जितेका थिए ।