जुनियर उपप्रधानमन्त्री बनेपछि नैतिकताले सरकारमा बस्न सकिन: हृदेयश त्रिपाठी - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

जुनियर उपप्रधानमन्त्री बनेपछि नैतिकताले सरकारमा बस्न सकिन: हृदेयश त्रिपाठी



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले पुर्नगठित मन्त्रिमण्डलमा बस्न अस्वीकार गरेका छन् । उनले आफ्नो नैतिकताले सरकारमा बस्न उचित नभएको बताएका छन् ।

आफूभन्दा जुनियर नेताहरूलाई उपप्रधानमन्त्री बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको मन्त्रिमण्डलमा बस्न नैतिकताका आधारमा अस्वीकार गरेको त्रिपाठीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले पुर्नगठित मन्त्रिमण्डलमा बस्न गरेको आग्रह त्रिपाठीले वरियता क्रम नमिलेपछि अस्वीकार गरेका हुन् । उनले आफू एक थान मन्त्रीका लागि सरकारमा नबस्ने बताएका छन् ।

‘जुनियरहरू उपप्रधानमन्त्री भएपछि एक थान मन्त्री हुनलाई बसिराख्न मैले औचित्य ठानिनँ,’ त्रिपाठीले भने ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका १० सहित एमालेका दुई जनालाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले राजेन्द्र महतो र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएपछि त्रिपाठीले नव गठित मन्त्रिमण्डलमा बस्न अवीकार गरेका हुन् ।