अझै चार हप्ता कोरोना संक्रमण घट्दैन: स्वास्थ्यमन्त्री त्रिपाठी - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अझै चार हप्ता कोरोना संक्रमण घट्दैन: स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं- स्वास्थ्यमन्त्री हृदेश त्रिपाटीले कोरोना संक्रमण दर अझै चार हप्ता नघट्ने बताएका छन् । सोमबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा उनले अझै चार हप्ता संक्रमण नघट्ने बताएका हुन्।

कोरोना महामारीको पछिल्लो अपडेट गराउँदै उनले अबको चार हप्ताभित्र संक्रमणदर घट्दै जाने बताए। काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो। निषेधाज्ञा निरन्तर छ।

देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा छ। स्वास्थ्य मन्त्री त्रिपाटीका अनुसार हाल अस्पताल तथा संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ५० जना कोरोना संक्रमित छन्। तीमध्ये एक हजार ७ सय २१ जना आईसीयू र ४ सय ८४ जना भेन्टिलेटरमा उपचाररत छन्।