सर्वोच्चमा त्रिपाठीको बहस: विश्वास गुमाएको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा रेकमेण्ड हुन्छ ?
काठमाडौं- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहसका कागी पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अबहेलना गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा विघटनको रिटमाथि सुरु भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रतिनिधिसभा विघटन गरेर अदालतको अवहेलना गरेको बताएका छन् ।
अधिवक्ता त्रिपाठीले भने, ‘११ फागुनको फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरे । त्यसैले संसद् विघटन नभएको मानेर कामकारबाही सुरू गर्ने आदेश दिनुपर्छ ।’
अधिवक्ता त्रिपाठीले विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा रेकमेण्ड हुन्छ भन्ने प्रश्न पनि गरे । ‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा रेकमेण्ड हुन्छ ?’
उनले भने, ‘पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानुनी मान्यता पाउन सक्दैन ।’