तीन बर्षसम्म पनि प्रहरी नै त्रिपालमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीन बर्षसम्म पनि प्रहरी नै त्रिपालमा



धादिङ – भूकम्पले क्षतिग्रस्त प्रहरी चौकी र आवास पूनर्निमाण नहुँदा जिल्लाका अधिकांश इकाई त्रिपालमै छन् ।

जिल्ला प्रहरी कार्यालयलगायत ३४ इकाईमध्ये अधिकांश थोत्रा त्रिपालमै सञ्चालन भइरहेका छन् ।

तीन बर्ष बितिसक्दा पनि प्रहरीले ओत लाग्ने छानो नपाएका हुन् । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ ।

‘थोत्रा टेन्टमा बस्दा बर्षातको समयमा सर्प, लामखुट्टे र कीरा फट्याङग्रालगायतको टोकाइबाट प्रहरी प्रताडित छन्, केहीमा छालाको रोगको समस्या देखा परेको छ’, जिल्ला प्रहरीका एक अधिकृतले भने ।

जिल्लाका २४ वटै प्रहरी इकाईका नाममा जग्गा भए पनि भवन भत्केर बिजोग छ ।