त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित



काठमाडौं- चैतमा हुने त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि रोकिएको छ।

नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपश्‍चात त्रिविको परीक्षा स्थगित गरिएको हो।

नेकपाको सचिवालयले एसईई परीक्षा स्थगित गर्न पनि सरकारलाई सुझाव दिएको थियो।

सरकारले एसईई तथा त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ ।

बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।