त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा



कञ्चनपुर । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् ।

उनी कहिलेकाहीँ भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् ।

उखुबारीदेखि करिब ५० मिटर पछाडि उनको घर छ । ‘उखुबारीछेउ अघिबाट हिँड्दा अर्कैअर्कै लाग्छ । सँगै भाइ हुँदा पनि डर लागेजस्तै हुन्छ’, लक्ष्मीले भनिन्, ‘निर्मलाको शव उखुबारीमा भेटिएपछि डरले पहिले हिँड्ने बाटो छोडेर अर्कै बाटो भएर विद्यालय आउजाउ गर्छौ ।’ आजको नागरिक दैनिकमा खबर छ ।