चिनियाँ राजदूतले भनिन - नेपालमा रेल ल्याउन निकै गाह्रो छ - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

चिनियाँ राजदूतले भनिन – नेपालमा रेल ल्याउन निकै गाह्रो छ



काठमाडौं -चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि नै रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ ।

चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्,‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैँमा जटिल हो । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित छु ।’

राजदूतका रुपमा जिम्मेवारी लिएर आएपछि यो पहिलोे पत्रकार सम्मेलन हो । उनले भनिन्,‘रेललाई हल्का रुपमा हेरिएको छ । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ ।,’