रेल सञ्चालन नहुने संकेत: सम्झौताबाट ‘ब्याक’ भयो भारतीय कम्पनी
काठमाडौं । कर्था जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।
बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरकोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो । पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पन्नी र भारतीय रेल्वे कम्पन्नीबीच जयनगर कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो ।
सो सम्झौता अनुसार नेपालले वार्षिक ३५ करोड रुपैयाँ दिने तथा यसका लागि आवश्यकमध्ये २६ जनशक्ति कम्पनीबाट बेहोर्ने उल्लेख छ । तर सम्झौता भएको लामो समय बित्दा पनि अग्रिम रुपमा दिनुपर्ने २० प्रतिशत रकम भुक्तानी नदिएकोले गर्दा सम्झौता अघि बढाउन नसक्नेतर्फ कम्पन्नीले संकेत गरेको हो ।
भारतीय रेल्वे कम्पनीले नेपालमा ल्याउने विज्ञलाई पनि लामो समय भूमिकाविहीन बनाएर राख्न नसकिने बताएको छ । कम्पनीले जनवरी १९ मा रेलको डेमो सञ्चालनको लागि प्रस्ताव गरेको थियो । नेपाल कम्पनीले व्यवसायिक मर्मतको लागि प्रस्ताव गरेको थियो ।