रेल भरिएर आउने र रित्तै जाने स्थिती हुनुहुदैन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

रेल भरिएर आउने र रित्तै जाने स्थिती हुनुहुदैन: प्रधानमन्त्री ओली



काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बताएका छन् ।

अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप,प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ” ओलीले भने “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धि तर्फ केन्द्रित गर्नु पर्ने बताएका  छन ।

ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यावशायीहरुलाई आग्रह गरेका छन ।“अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रकसौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिती हुनुहुदैन” प्रधानमन्त्री ओलीले भने “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।”

लीले आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिने जति विद्यतु दिन सरकार सक्षम हुने बताए । “अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस” ओलीले भने “आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिनेजति बिजुली उपलब्ध गराउन सकिन्छ ।”

ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । निजी क्षेत्रका समस्याहरुलाई सुचिकृत गरेर सरकारलाई पेश गर्न आग्रह गर्दै ओलीले भने “तपाईंहरुका जायज समस्या समाधान गर्न सरकार सदैव तयार छ ।”