भारतमा यात्रुबाहक रेल दुर्घटना
नयाँ दिल्ली। भारतको मध्यप्रदेश राज्यको कटनी भन्ने स्थानमा यात्रुबाहक रेल दुर्घटना भएको छ।
शनिवार राति १० बजे रेलगाडीको चारवटा डब्बाहरू पटरीबाट उत्रिएपछि भएको घट्नामा २ सय जना यात्रु गम्भीर रूपले घाइते भएको समाचार भारतीय समाचारपत्रहरूले जनाएका छन्।
उक्त दुर्घटनापछि उक्त मार्गमा १८ घण्टा जति रेल आवागमन रोकिएको थियो। पटरीबाट उत्रिएका ४ डब्बामध्ये दुईवटा नराम्ररी पल्टिएपछि घाइतेहरूको सङ्ख्या बढेको मिडियाले जनाएको छ।
घाइतेहरूको नजिकका अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।
उक्त रेलगाडी कटनीबाट मध्यप्रदेशकै चोपन भन्ने ठाउँमा गइराखेको बताइएको छ ।