अढाई लाखले ट्रायल पास गरे तर लाइसेन्स पाएनन् - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अढाई लाखले ट्रायल पास गरे तर लाइसेन्स पाएनन्



सरकारको अकर्मण्यताका कारण सवारी चाचलक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।

लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नुपरेको हो ।

देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ नवीकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ ।

स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड मात्र प्रिन्ट गर्ने क्षमता छ ।

त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन । आजको कारोबारमा यो खबर छ ।

सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।