ट्राफिकको सुचना -रक्सी खाएर मोवाइल नचलाउनुहोस्
एजेन्सी: मापसे गरेर सवारी साधन नचलाउन आग्रह गरिएका ट्राफिक प्रहरीका सूचना बोर्डहरु हामीले देेखेकै छौँ ।
तर जब ट्राफिक प्रहरीले रक्सी पिएको बेला मोबाइल नचलाउन अनुरोध गरेर बकाइदा होर्डिङ बोर्ड नै ठड्याउँछ तब त्यो चर्चाको विषय नबन्ने कुरै भएन ।
भारतको जम्मु काश्मीर प्रहरीले मुगल रोडस्थित राजमार्गमा राखेको साइन बोर्ड अहिले सोसल मिडियामा भाइरल भैरहेको छ ।
उक्त साइन बोर्डमा लेखिएको छः मादक पदार्थ पिएको बेला मोबाइल फोनको प्रयोग नगर्नुहोस् -Don’t use mobile phone while drinking)
लामो समयदेखि मुगल रोडमा यो बोर्ड टाँगिएको थियो ।
जब यो बोर्ड सोसल मिडियामा भाइरल बन्यो, तब स्थानीय प्रशासनले उक्त बोर्ड हटायो ।
साथै त्यस्तो भाषाको बोर्ड राखिएको घटनाको विषयमा अनुसन्धान समेत सुरु गरिएको छ । भारत प्रशासित काश्मीरमा मुगल रोड ऐतिहासिक तथा चर्चित सडक हो ।