७७ जिल्लाबाट एक सय नयाँ पर्यटकीय स्थान, कुन जिल्लामा कति ?(सूचीसहित)
सरकारले ७७ जिल्लामा नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारको छ । पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूची सार्वजनिक गरिएको हो । सूचीमा ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई समेटिएको छ ।
चालु आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तब्यमा मुलुकमा नयाँ पर्यटकीय गन्तब्य पहिचान गर्ने र ती क्षेत्रको पूर्वाधारलगायत विकासका लागि बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार घोषित नयाँ गन्तब्यको पूर्वाधार विकासका लागि यसै वर्ष बजेट विनियोजन हुनेछ ।
पर्यटन प्रवर्दनका लागि नयाँ गन्तब्य पहिचाहन गर्न पर्यटन मन्त्रालयले संभावित स्थानबारे जानकारी दिन प्रस्ताव आह्वान गरेको थियो । सोही अनुरुप प्राप्त आवेदन र अन्य विभिन्न जानकारीका आधारमा नयाँ गन्तब्य तोकिएको मन्त्रालयले जनाएको छ ।