सर्वाधिक विकेट लिने 'स्पिनर' बने सन्दीप - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सर्वाधिक विकेट लिने ‘स्पिनर’ बने सन्दीप



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ को बर्ष टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बनेका छन् ।

भारतमा जारी १२ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार २ विकेट लिएपछि सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् ।

दिल्ली क्यापिटल्समा रहेका सन्दीपले किङ्गस इलाभेन पन्जाबविरुद्ध २ विकेट लिएपछि उक्त कीर्तिमान बनाएका हुन् । पन्जाबविरुद्धको २ विकेटसंगै सन्दीपले सन् २०१९ मा २७ विकेट लिन सफल भएका छन् ।

सन्दीपले विभिन्न राष्ट्रको लिगमा गरि २७ विकेट हात पारेका हुन् । गत सिजनको आईपीएलमा डेब्यु गरेपछि व्यस्त रहेका सन्दीपले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल), अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग र बंगालदेश प्रिमियर लिग खेलेका थिए ।

सन् २०१९ को टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा सन्दीपले पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगालदेशका शाकिब अल हसनलाई पछि बनाए ।

दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् भने राशिदले २५ विकेट लिएका छन् । हसनले २४ विकेट लिएका छन् ।