पूर्वमाओवादी नेताहरूको मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाई
काठमाडौँ- चार पूर्वमाओवादीका नेताहरुले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ हुँदैछ । चारै नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमामा परेको छ ।
एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरी सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्चमा अध्यक्ष दाहालले गरेको कारबाही बदर गरिदिन भन्दै बुधबार रिट दायर गरेका थिए ।
माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए ।
त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए । रिटको सुनुवाइ बिहीबारै भइ अन्तरिम आदेश दिने/नदिने बारे निर्णय हुनेछ ।