टोपबहादुर लगायतका चार नेतालाई अर्को झट्का
काठमाडों- एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रको सांसद पद बहाली गरिपाउँ भन्दै सर्वोच्चको ढोकामा पुगेका पूर्वामाओवादीका नेताहरूलाई अर्को झट्का लागेको छ ।
सोमबार सर्वोच्च अदालतले गरेको एउटा निर्णयले उनीहरूको होश उड्नेगरी झट्का लगाएको छ । माओवादी केन्द्रको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताको मागबमोजिम अन्तरिम आदेश दिन सर्वोच्चले अश्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको छ ।
चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए ।