टोपबहादुर भन्छन: प्रचण्ड-नेपालले देश दुर्घटना गराए - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

टोपबहादुर भन्छन: प्रचण्ड-नेपालले देश दुर्घटना गराए



अर्घाखाँची– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेल्न खोजेको बताएका छन् ।

उनले नेकपामा दुर्घटना गराउनले पनि प्रचण्ड र नेपाल नै रहेको बताएका छन् ।

प्रेस संगठनले आइतबार बिहान सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन प्रचण्ड–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको उनको आरोप छ । उनीहरुको यही व्यवहारले नेकपामा ठूलो दुर्घटना भएको रायमाझीले बताए ।

विगतमा प्रचण्डले आफू नेतृत्वसहित आठवटा सरकार ढालेको जनाउँदै रायमाझीले अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए । उनले भने, ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँ (प्रचण्ड)लाई सरकार ढाल्ने बानी परेको छ।’

पार्टी अध्यक्ष हुन दुई–चार महिना महाधिवेशन पर्खन नसक्ने, प्रधानमन्त्री हुन निर्वाचन कुर्न नसक्ने प्रचण्ड–नेपालको महत्त्वाकांक्षाकै कारण पार्टी विभाजन भएको रायमाझीको भनाइ छ ।