टोपबहादुरलाई कुलमान र जनार्दनको डाहले भतभती पोल्छ - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

टोपबहादुरलाई कुलमान र जनार्दनको डाहले भतभती पोल्छ



काठमाडौं- ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफ्नो अघिल्लो कार्यकालबाट नेपालमा लोडसेडिङ अन्त्य गरेको फेरी पनि दाबी गरेका छन् । तर उनको कार्यकालमा नेपालमा सबैभन्दा बढी समय लोडसेडिङ हुने गरेको थियो ।

बुटवलमा आयोजना एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले सफेद झुट बोल्दै आफ्नै कार्यकालमा लोडसेडिङ अन्त्य भएको सम्म बोले । उनले अघिल्लोपटक ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन आफैंले योजना बनाएको तर त्यसको जस कुलमान र जनार्दन शर्माले लिएको भन्दै कुलमान र जनार्दनको डाह गरे ।

अहिले मात्र होइन मन्त्री बने लगत्तैदेखि हरेक कार्यक्रममा रायमाझीले कुलमान र जनार्दनले जस लिएको दाबी गर्दै आएका छन् । मन्त्री पदकै लागि केपी ओलीको समुहमा पुगेका रायमाझी अन्य नेतालाई भने पदलोलुप भएको आरोप लगाउँदै हिंडेका छन् ।

उर्जा मन्त्रालयको कार्यभार सम्हालेकी दिन विवादित एमसीसी सम्झौता लागु नगरे नेपाललाई ठुलो नोक्सानी हुने बताएका मन्त्री रायमाझीले विवादमा आएपछि अहिले भने कुरा फेरेका छन् । अहिले भने उनले एमसिसि लागू गर्ने वा नगर्ने तत्काल निर्णय गर्नुपर्ने बताए ।

रिपोर्टस क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अब ढिलाई गर्नुहुन्न, एमसिसी कि खारेज गरौं, कि लागू गरौं । अब अलमलको अवस्थामा बस्नु हुँदैन । म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’

उनले पार्टी फुटको सन्दर्भमा प्रचण्डहरुले जनयुद्धको लिगेसी छोडेका कारण आफू केपी शर्मा ओली समूहतिर लागेको बताए ।

आफूहरु जनयुद्धको मर्म र भावनासम्बत रहेको बताउँदै उनले जनयुद्धको लिगेशी छोडेकै कारण बाबुराम, बैद्य, विप्लव हुँदै रामबहादुर थापा, मणि थापा, आफू लगायतले प्रचण्डलाई साथ नदिएको बताएका हुन् ।

उनले सरकारलाई अप्ठारोमा पार्ने र सरकारविरुद्ध मोर्चाबन्दी गर्दै सडकबाट सरकार ढाल्ने चेतावनी दिएपछि देश अस्थिर बन्ने संकेत देखिएकोले संसद विघटन गर्नुपरेको भन्दै जनतामा जाने कुरा नै संविधानसंवत हुनेसमेत जिकिर गरे ।

औषत आयू ५ बर्षभएपनी कहिलेकाहीँ औषत आयूभन्दा अगाडी मानिस मर्ने उदाहरण प्रयोग गर्दै उनले संसद विघटनलाई त्यही रुपमा हेर्न आग्रह गरे । मन्त्री रायमाझीले संसद पुनस्थापर्ना नहुने दाबी गर्दै चुनाव समयमै हुने जिकिर गरेका थिए ।