आफैले जलाएका लालपुर्जा आफैं वितरण गर्दै नेता रायमाझी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आफैले जलाएका लालपुर्जा आफैं वितरण गर्दै नेता रायमाझी



अर्घाखाँची । तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र संघर्षका क्रममा १६ वर्षअघि नष्ट भएका लालपुर्जा पाउँदा अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अड्गुरीका स्थानीय हर्षित भएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो ।

देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नाप नक्सा तयार गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो ।

लालपुर्जा पाउँदा स्थानीय अत्यन्तै खुसी भएका छन् । विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको वार्ड नंं. ७ अडगुरीमा १ हजार १ सय ७० जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्न थालेको छ ।

लालपुर्जा वितरण गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले पहिले आफ्नै नेतृत्वमा जलाएका नक्सा फेरि आफैंले बाँड्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा प्रदेस सांसद रामजीप्रसाद घिमिरेले लालपुर्जा बैंकमा धितो राखेर ऋण प्राप्त गर्न सकिने बताए ।