प्रचण्ड-नेपाललाई मोहन वैद्यसँग मिल्न टोपबहादुरको सुझाव - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

प्रचण्ड-नेपाललाई मोहन वैद्यसँग मिल्न टोपबहादुरको सुझाव



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा स्थायी समिति सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले निर्वाचन बहिष्कार गर्ने हो मोहन वैद्य समूहसँग जना प्रचण्ड–नेपाललाई सुझाब दिएका छन्।

शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता रायमाझीले चुनावमा जाने भए एक नम्बर अध्यक्ष ओलीको हस्ताक्षर भएको टिकट लिएर जान र बहिष्कारमा जाने भए वैद्य समूहमा जान सुझाब दिएका हुन्। उनले यी दुई बाहेक प्रचण्ड–नेपाल समूहसँग कुनै विकल्प नभएको बताए।

उनले निर्वाचन आयोगले पार्टी नफुटेको बताएका कारण प्रथम अध्यक्ष ओलीको मात्रै हस्ताक्षर चल्ने बताए।

‘वैशाख १७ र २७ मा मध्यावधि चुनाव हुनेवाला छ, पार्टी छाडेर सडकमा गएका साथीहरुले के सोच्न जरुरी छ भने, कि उहाँहरुसँग केपी शर्मा ओलीजीको सिग्नेचर भएको पार्टीको टिकट र निर्वाचन चिन्ह लिएर चुनावमा जानु पर्‍यो’, उनले भने, ‘कि उहाँहरु पार्टीबाट चोइटिएर बाहिर जानु पर्‍यो, चुनाव बहिष्कार गर्ने हो भने मोहन वैद्यसँग जानु पर्‍यो।’

उनले देश चुवावको पक्षमा अगाडि बढेको बताए। उनले संसद पुनस्र्थापना नहुने पक्का भएको बताए।