दैनिक ४५ हजार यात्रु बोक्छन टूटल र पठाओ, राईडरको कमाई दिनमै ३ हजार - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

दैनिक ४५ हजार यात्रु बोक्छन टूटल र पठाओ, राईडरको कमाई दिनमै ३ हजार



काठमाडौं- पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ।

पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ।

आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा कृष्ण आचार्यले लेखेको समाचार अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन्।

यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको संख्या भने ११ लाखको हाराहारीमा छ।

विशेषगरी विदेशबाट फर्किएका, देशमै बेरोजगार रहेका, युवा पिँढी, एउटै कामले रोजीरोटी नचलेकाहरु र रोजगारीको सिलसिलामा राजधानी पसेकाहरुका लागि यस्ता दुई पाङ्ग्रे सेवाप्रदायक सवारी आम्दानीको राम्रो स्रोत बनेको छ।

कम्पनीले दिएको जानकारी अनुसार फुल टाइमरले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा २५ देखि ३० ट्रिपसम्म यात्रु ओसार्न सक्छ।

यो भनेको उसले दिनमा ३ हजारसम्म आम्दानी गर्नु हो।