तोलाको लाख पुग्दै सुनको मूल्य - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

तोलाको लाख पुग्दै सुनको मूल्य



काठमाडौं- कोरोना भाइरसको त्रासले अन्य क्षेत्रका लगानी प्रभावित भएपछि लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा यसको मूल्यले दिनदिनै रेकर्ड तोडिरहेको छ।

नेपाली बजारमा यो साताभर सुनको मूल्यले रेकर्ड तोडिरहेको छ। बिहीबार पनि प्रतितोला ८० हजार ७ सय पुगेर रेकर्ड तोडेको छ। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

दुई महिनायता मात्रै सुनको मूल्य तोलाको करिब १० हजार रुपैयाँ बढिसकेको छ।

‘कोरोना भाइरसका कारण अन्य क्षेत्र सुस्ताउँदा लगानीकर्ता सुनमा आकर्षित भएका हुन्,’ सुनचाँदी महासंघका उपाध्यक्ष दियश शाक्यले भने, ‘मूल्य अझै बढ्न सक्छ।’