आहा ! टोकियो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आहा ! टोकियो



विश्वकै एक पर्यटकहरुको गन्तव्यमा पनि जापानको राजधानी शहर टोकियो पर्छ ।

क्याफेमा होस् वा होटलमा आफ्नो सामान छोडेर अर्डर गर्न जानु टोकियो शहरमा सामान्य कुरा हो ।

त्यसैले यदि सुरक्षा तपार्इका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो भने टोकियो शहरलाई छान्न सकिन्छ । टोकियोमा आपराधिक गतिविधि पनि अत्यन्त न्युन रहेको छ ।

पर्यटकहरुको विशेष गन्तव्यका रुपमा परिचीत यस शहर घुम्न बार्षिक लाखौँ पर्यटकहरु आउने गर्छन् ।

टोकियोको सबवे र रेलवे सिष्टम उत्कृष्ट छन् । रेलहरु एकदम समयका पक्का हुन्छन् र प्राय लाइनहरुमा ट्रेनहरु हरेक तीन मिनेटको समयमा गुडिरहन्छन् ।

रेलहरु सफा र सुरक्षित हुन्छन् ।

टोकियोमा साना साना शहर, हरेक स्टेशननजिक थुप्रै रेष्टुराँ, बार, पसलहरु हुन्छन् र तीनका आफ्नै मेनु र आफ्नै कथा हुन्छन् । तपाइले हरेक दिन केही न केही नयाँ देखे पनि सबै कुरा हेर्न लगभग असम्भव नै छ । ताजा र नयाँ कुरामा रुचि राख्नुहुन्छ भने टोकियो यसको राम्रो विकल्प बन्न सक्छ ।

जापानमा थुर्पै पर्व र स्थानीय कार्यक्रमहरु भइरहन्छन् । हरेक हप्ता जसो यहाँ केही न केही मनाउने काम भइनै राखेको हुन्छ । जापानीहरु स्थानीय परम्परा कायम राख्ने कुरामा सधैं अगाडि रहेका हुन्छन् । त्यसैले भीडभाड र रमाइलो मनपर्नेहरुका लागि टोकियो बस्न उपयुक्त शहर हो ।

मनोरञ्जन र घुमघामका लागि पनि टोकियोमा प्रसस्त स्थानहरु छन् । यसका साथसाथै खामाकुरा ठूलो बुद्धका मूर्ति, योकोहामा, टोकियो डिज्नील्याण्ड जस्ता उत्कृष्ट गन्तव्य टोकियोबाट नजिकैको दूरीमा पर्छ ।

धेरै राष्ट्रहरुमा कुनै निश्चित समयपछि पसलहरु बन्द हुन्छन् । जापानकै पनि अन्य सहरहरुमा जस्तै टोकियोमा पनि अबेरसम्म पसलहरु खुलिरहेका हुन्छन् । रात्री जीबन मन पराउनेहरुका लागि पनि टोकियो उत्कृष्ट गन्तव्य मानिन्छ । राती अबेसम्म चल्ले टे«न लाइनहरु भएकाले पनि घरसम्म पुग्न समस्या हुँदैन ।

तपाई टोकियोमै बस्दै हुनुहुन्छ ? कस्तो हुँदैछ यहाँको बसाई ? कमेन्टमा आफ्नो अनुभव लेख्न सक्नुहुन्छ है । जानकारी उपयोगी लागेमा सेयर पनि गर्न सक्नुहुनेछ ।

टोकियोमा बस्नुको अर्थ कंक्रिटको जंगलमा बस्ने मात्रै होइन । यहाँ योयोगी, उएनो र सिन्ज्युकु ग्योयन लगायतका हरियाली पार्कहरु पनि रहेका छन् । यी पार्कहरुको आफ्नै विशेषता छ । यी सबै पार्कहरु स्वच्छ र सफा छन् जहाँ, परिवार, बालबालिका, र एक्लै आउने व्यक्तिलाई पनिल बस्नका लागि छुट्टा छुट्टै व्यवस्था गरिएको हुन्छ ।

जापानी ट्रेन कर्मचारी, वेटर, टयाक्सी चालक, होटलका कर्मचारी सबै सहयोगी र नम्र स्वभावका हुन्छन् । उनीहरु आफ्नो काम पनि इमान्दारिताका साथ गर्छन् । कुनै होटल वा रेष्टुराँमा जानुभयो भने तपाइको स्वागत उत्कृष्ट तरिकाले गरिन्छ ।