तोकिएका स्वास्थ्य संस्था बाट उपचार पाउन स्वास्थ्य बिमाका बिमितहरुलाई गाह्रो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तोकिएका स्वास्थ्य संस्था बाट उपचार पाउन स्वास्थ्य बिमाका बिमितहरुलाई गाह्रो



बिरेन्द्र शाह / सुखड कैलाली ।
तोकिएका स्वास्थ्य चौकीवाट सहज रुपमा औषधी उपचार नपाएको कैलालीमा स्वास्थ्य विमा कार्यक्रममा आवद्ध विमित हरुले बताएका छन् । जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको ३ वर्ष भयो तर विमीत हरुले हाल सम्म पनि स्वास्थ्य विमा वोर्डले तोकेका स्वास्थ्य चौकी तथा अस्पताल वाट औषधी उपचार पाउन पाउन मुस्कील हुने गरेको बताएका छन् ।

स्वास्थ्य बिमा बोर्डले सरकारी अस्पताल,प्राथामिक स्वास्थ्य चौकी र निजि अस्पताल गरी बिभिन्न स्वास्थ्य संस्थाहरु बाट बिमितहरुलाई सेवा दिइरहेको बताउने गरेका छ । सुरुमा कार्यक्रममा आवद्ध हुदा स्वास्थ्य विमा कार्यक्रम राम्रो लागेको तर सेवा लिने क्रममा तोकीएकै स्वास्थ्य चौकी तथा अस्पताल वाट औषधी उपचार पाउन मुस्कील भएको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का स्थानिय फागु राम चौधरीले गुनासो गर्नु भयो ।

सेवा लिन स्वास्थ्य चौकीमा पुग्दा औषधी कागजमा लेखी दिएको तर कहाँ बाट लिने ? कसरी लिने भन्ने जानकारी नपाउदा समस्या भएको उहाले बताउनु भयो । स्वाथ्य चौकी वाटै उपचार सेवा पाइन्छ भनिए पनि सामान्य औषधी आवश्यक पर्दा समेत वाहिरवाटै किन्नु आफु वाध्य भएको उहाले गुनासो गर्नु भयो ।

उता टिकापुर नगरपालिका वडा नम्बर १ का स्थानिय सुमन रावलले पनि टिकापुर अस्पताल बाट सेवा सुबिधा नपाएको गुनासो गर्नु भयो । स्वास्थ्य बिमाले २५ सय तिरेर ५० हजार बराबरको औषधी पाइने आसवाश्न मात्रै दिने गरेको बताउदै उहाले एउटा सामान्य हाईपोटेन्सनको औषधी पनि आफुले टिकापुर अस्पताल वाट नपाएको रावलले गुनासो गर्नु भयो । तिन प्रकारको औषधी आफुले गरीरहेको मा २ प्रकारका औषधी वाहिर वाटै किनेर खाइरहेको उहाले बताउनु भयो ।

स्वास्थ्य विमा वोर्डले तोकेका अस्पताल तथा स्वास्थ्य चौकी वाट औषधी उपचार नपाईरहेको गुनासो आइरहदा जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरी स्वास्थ्य बिमाले तोकेको औषधीहरु लिस्टमा भएको खण्डमा दिने गरेको र लिष्टमा उपलब्ध नभएको औषधी वाहीर वाट किन्न पठाउने गरको बताउनु भयो । स्वास्थ्य बिमाले ताकेको औषधीहरु बिमितहरुलाई दिई रहेको बताउदै उहाले केही दिनको औषधी अभावमा वेला बिमित हरुलाइ उपलब्ध गराउन नसकेको स्वीकार गर्नु भयो ।औषधी मगाईसकेको बताउदै उहाले अबको केही दिनमै औषधी जोशीपुर प्रथामिक स्वास्थ्य केन्द्रमा आई सक्ने बताउनु भयो ।

स्वास्थ्य बिमा बोर्ड धनगढीका प्रमुख नरेश चौधरीले स्वास्थ्य बिमा सगँ सम्झौता भई सके पछि सम्बन्धी सेवा प्रदायक संस्थाले औषधी र डाक्टरहरु पुर्याउनु पर्ने बताउनु भयो । स्वास्थ्य बिमा बोर्ड र स्वास्थ्य चौकी तथा अस्पतालहरुले बिमितहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लिखित सम्झौता गरीएको बताउदै उहाले सम्झौता अनुसारनै सेवा प्रदाक संस्थाहरुले काम गर्नु पर्ने धारणा चौधरीको छ । निजि अस्पतालमा भन्दा सरकारी अस्पतालमा औषधी खरीद गर्ने प्रक्रिया झन्झटिलो भएकाले समय समयमा सेवा प्रदाक संस्थाहरुमा औषधीहरु सकिने गरेको उहाँको भनाई छ ।

आगामी आर्थिक वर्ष २०७५/०७६ वाट सेवा प्रदाक संस्थाहरुले स्वास्थ्य बिमाका बिमितहरुलाई औषधीहरु नै नपाएर फर्किनु पर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबन्धता जनाएको बताउदै स्वास्थ्य बिमा बोर्ड धनगढी प्रमुख चौधरीले अव पहिला जस्तो समस्या नदोहोरी दाबी गर्नु भयो । साथै उहाले आगामि आर्थिक वर्ष सुरु भएको केही दिन भित्रै सबै बिमितहरुलाई स्वास्थ्य बिमाले तोकेको १ हजार १ सय १८ औषधी सेवा प्रदायक संस्थाबाट सहजै उपलब्ध हुनेका आफु आसा बादी रहेको बताउनु भयो ।