डा केसीसँग ९ बुँदे सहमति, तोडियो अनसन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा केसीसँग ९ बुँदे सहमति, तोडियो अनसन



काठमाडौं– सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। यो सहमतिसँगै डा केसीको २७ दिनदेखिको अनसन तोडिने भएको छ।

सहमतिको लिखित भाषाका विषयमा मिलाउने काम भइरहेको नेकपा नेता सुवास नेम्वाङले जानकारी दिए। ‘सहमति भयो, भाषा मिलाउने काम बाँकी छ, त्यसपछि हस्ताक्षर हुन्छ।’

डा केसीले गत असार १६ गतेदेखि जुम्लामा अनसन सुरु गरेका थिए। त्यहाँ उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि अनसनको २० औं दिन अर्थात् गत साउन ३ गते उनलाई सरकारले हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो।

सिंहदरबारमा दिउँसो भएको छलफलमा सहमति गर्न सकेको थिएन। डा केसीले विधेयकमा उक्त कुरा समावेश नगरी सहमति नहुने बताएपछि वार्ता टोली फेरि बालुवाटार गएर छलफल गरेको थियो। जसक्रममा ९ बुँदे सहमति भएको हो।