सामाजिक सञ्जालमा बाबुराम भट्टराईले अब 'टिट फर ट्याट' गर्ने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सामाजिक सञ्जालमा बाबुराम भट्टराईले अब ‘टिट फर ट्याट’ गर्ने



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूमाथि आइलाग्नेलाई टिट फर ट्याट गर्ने बताएका छन् ।

आफूलाई मनलाग्दी लेख्ने कसैप्रति पनि कुनै प्रतिक्रिया नदिने उनले पछिल्लो पल्ट यस्तो नीति लिएको जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालबारे पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ‘जाइ नलाग्ने, आइलाग्नेलाई नछोड्ने’ नीति अख्तियार गरेको बताएकाा हुन् ।

‘सोसल मिडियाबारे मेरो प्रतिबद्धता : अरुबाट सिक्ने, आफूले जानेको बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने,’ उनले आइतबार बिहान ट्विटरमा लेखेका छन्, ‘शोषित-उत्पीडित-विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने।’

त्यसैगरी उनले कसैमाथि आफू जाइ नलाग्ने तर आइलाग्नेलाई नछोड्ने टिट फर ट्याट अर्थात् जस्तालाई तस्तै गर्ने नीति लिएको बताएका छन्।

त्यसैगरी उनले बुझेर बुझ पचाउने ठग र नबुझ्ने/बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।

जनता समाजवादी पार्टीका नेता भट्टराई नेपालमा संभवतः सबैभन्दा बढि ट्विटर फलोअर भएका व्यक्ति हुन्।

सामाजिक सञ्जाल ट्विटरमा अहिले उनलाई १२ लाखभन्दा बढि ट्विटर प्रयोगकर्ताले फलो गरेको देखिन्छ।