टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।