टिप्पर दुर्घटना: सरकारले मृतकका परिवारलाई ५-५ लाख दिने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

टिप्पर दुर्घटना: सरकारले मृतकका परिवारलाई ५-५ लाख दिने



काठमाडौं – मुस्ताङको स्याङ्बोचेमा भएको टिप्पर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ दिने भएको छ ।

प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री थापाले मुस्ताङ घटनाबारे जानकारी गराउँदै मृतकको परिवारलाई आर्थिक राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

मन्त्री थापाले मृतक २० जनाको शव सम्बन्धित जिल्लामा पठाइएको र घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिए । बा२ख २२१९ नम्बर टिप्पर दुर्घटनामा कालीगण्डकी कोरिडोर निर्माणमा काम गरिरहेका मजदूरको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङका ३० वर्षीय बालकुमार घर्ती, रोल्पाका २८ वर्षीय सुकमान रोक्का, धादिङका २३ वर्षीय सुजन घलान (चालक), सिन्धुलीका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीय बिन्ति घर्ती, रोल्पाका १९ वर्षीय महेश रोक्का, दाङका ३१ वर्षीय कविता घर्तीमगर, रोल्पाका ३२ वर्षीय रामकुमार पुन, दाङका ३५ वर्षीय सुबेर चौधरी, कैलालीका २३ वर्षीय विनिता घर्तीमगर, दाङका ४३ वर्षीय शान्ति थापा, रोल्पाका ३२ वर्षीय शन्तु घर्ती, स्याङ्जाको २४ वर्षीय कृष्ण क्षेत्र, दाङका २५ वर्षीय कमल बुढा, रोल्पाका ३१ वर्षीय जीतमाया घर्ती, रोल्पाका २० वर्षीय सिर्जना मगर, रोल्पाका २३ वर्षीय रास्ट्रे रोक्का र ३५ वर्षीय कमानसिंह रोक्का छन् ।