गृहमन्त्रीलाई टिपरले पनि टेरेन, दिउसै मान्छे मार्यो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गृहमन्त्रीलाई टिपरले पनि टेरेन, दिउसै मान्छे मार्यो



सरकारले उपत्यकामा बिहान पाँच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको एक साता नबित्दै एक टिपरले शनिबार फेरि एक जनाको ज्यान लिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राति मात्र टिपर चलाउन निर्देशन दिए पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन ।

राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घााइते भएका छन् । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिए ।

चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा अपरान्ह साढे एक बजे उनीहरूलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।