केपी ओली ,टोपबहादुर रायमाझी र चन्द्र भण्डारीलाई फाँसी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

केपी ओली ,टोपबहादुर रायमाझी र चन्द्र भण्डारीलाई फाँसी



परासी, पुष ३ ।  मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै नवलपरासीका मधेसवादी दलहरुले तीन दलका नेताहरुको पुत्लाको फाँसी दिएका छन्।

तीन दल र मोर्चासँग भएको सहमति कार्यान्वयन गराउन उनीहरु बाधक रहेको र सीमांकन विरोधी अभिव्यक्ति दिएको भन्दै संयुक्त मधेसी मोर्चामा आवद्ध दलहरुले एमाले अध्यक्ष केपी ओली, एमाओवादीका टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका चन्द्र भण्डारीको पुत्ला बनाएर परासीको बुद्धचोकमा फाँसी दिएका हुन् ।

सीमांकनविरुद्ध एमालले विभिन्न जिल्लामा गरेको बन्दको विरोध गरेका छन्। बुद्धचोकमा आयोजित उक्त विरोध कार्यक्रमपछि आयोजित कोणसभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले संविधान संशोधन प्रस्तावमा आफूहरुका माग समावेश नभए मधेसमा आन्दोलन चर्काउने चेतावनी दिए।

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राएको विरोधमा एमालेलगायतका दलहरुले रुपन्देही, पाल्पा, अर्घखाँची, गुल्मी र नवलपरासीमा सुरु गरेको विरोधका कार्यक्रमको सो दिनदेखि नै जिल्लाका मधेसवादी दलहरुले पनि सीमांकनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।