रुपन्देहीको तिनाउमा बाढी, एक घर बगायो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

रुपन्देहीको तिनाउमा बाढी, एक घर बगायो



बुटवल- रुपन्देहीको तिनाउ नदीमा जल-सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि पनि पटक पटक बस्तीमा पसेर कैयौं घर बगाएको तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको हो।

तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको थियो। यहीबीचमा तिनाउमा आएको बाढीले एउटा घर बगाएको छ।

बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा रहेको ४ कोठाको कच्ची घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।