एकाबिहानै तिनाउमा बाढी उर्लियो: महाशाखाले भन्यो- सावधान !
बुटवल- एकाबिहानै रूपन्देहीको तिनाउ नदीमा बाढी उर्लिएपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ।
आज (सोमबार) बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ : तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्छ, बिहान १० बजेसम्म सतर्क रहौं।’