तिमी सँगै बाचेकी छु आज पनि ! - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

तिमी सँगै बाचेकी छु आज पनि !



शुष्पा भुजेल ‘आस्था’

प्रिय विजय ।

म आज काठमाण्डौको व्यस्त सहरको बिचमा उभिएर तिम्रा अभावमा र अधुरो कल्पनामा पौडी खेल्दै आज निकै दिन पछि फेरि पनि कलम चलाउन मन लागो तर तिम्रा अभावमा अनि तिम्रो अनुपस्थितिमा कलम पनि तल माथि माथि तल गन्तव्य विहीन जहाँ अधुरा अपुरा टुटफुट अनि कता कता विछिप्त पनि भएका छन् तर किर्माथ विलय भने भएका छैन ।

विजय ! आजको दिन म कल्पना पनि गर्न सक्दिन जुन दिन तिम्रो हातले मेरो रङगिएको सिउँदो पखालिएको दिन तिमी आफैलाई थाहा छ हैन तिमिसगँ मैले र मसँग तिमीले सँगै जीवन जिउने कस्म खाएर एक अर्कामा बाँधिएका थियौ, भविष्यमा निकै ठुला र महँगा कल्पनाको महल सजाएका थियौ, जीवनका उकाली, ओरालीहरू सहज आवात जावत गर्ने सपना सजाएका थियौ तर त्यो दुई वसन्तको मिठो तर छोटो सह–यात्रा मै मलाई सदाका लागि एक्लै छाडेर सदा सदाका लागी अस्तायौ ।

विजय ! सायद तिमिसगँको सहयात्रा यति सहज,सरल र मिठासपूर्ण थियो जुन आज पनि प्रत्येक गाँस र प्रत्येक पाइलामा याद आउँछ, तिम्रो व्यवहारमा लचकता, खानपान र पोसाकमा सरलता हरेक परिवेश र प्रृितकुलतासगँ निडरता,बोलीमा मिठासपन हरेक अवस्थाको सहज मूल्याङ्कन गर्ने सक्षमता यी र यस्तै नैतिकवान मूल्य तिम्रो भएका कारण आज त्यो मेरो दैनिक तिमि बिनाको यात्रा पूजिँमा स्थापित भएको छ ।
तिमीलाई थाहा छ विजय ? तिमि बिनाको यात्रामा म कति पल्ट बिर्सन नसक्ने गरी रोएकी छु । जति बेला तिमीले मलाई सदाका लागी यो रङगिन दुनियाँमा एक्लै छोडेर गयौ, संर्घषको फरक यात्रा जहाँ लाखौँ चुनौतीको बिच बाटोमा नै छाडौँ जुन बाटोमा हिँड्न र सही बाटो पता लगाउँन सक्ने सामाथ्र्य पनि म मा थिएन कयौँ रातमा मेरो आँखा निदाएन जति बेला पनि तिमीलाई विस्तारामा छामिरहे अँगालोमा भएको आभास गरिरहे जुन दिनबाट तिमीले मलाई औपचारिक अँगालोमा अङ्कमाल ग–यौ त्यो दिन देखि आज सम्म पनि यो अँगालो न्यानो र मिठासपूर्ण छ ।

मलाई आज पनि ताजा याद छ कयौँ लडाइमा हामीसँग सँगै वर्ग बहिरीको क्याम्पबाट धाँवा बेल्दै विजय भएर फर्किए पछि हजारौँ दुःख लुकाउँदै बेलुका तिम्रो छातीमा टासिएर तिता मिठा बात गर्दै मस्त निदाएको आज जस्तो लाग्छ । त्यति बेला तिमीले मेरो टाउँको सुम्सुमाउदै मेरो कपाल चलाउँदै चुम्बन गर्दै भनेको प्रत्येक शब्द र त्यो व्यावहार आज पनि मानस्पटलमा प्रेरणाको श्रोत बनेको छ ।

विजय ! त्यो समय मेरो लागी यस्तो दुर्भाग्य बन्यो जति बेला उज्यालो हुन मात्र २ घण्टा बाँकी हुँदा सिन्धुलीमा जन्मेको छोरो सिन्धुपाल्चोकमा सदाको लागी अस्तायो मेरो सिउँदाको सिन्दुुर पुछियो, आमाको काख रितियो बुबाको मुटु चुँडियो,दाजु भाइको वंश सकियो,दिदी बहिनीको मख्मलि फुलको माला चुँडियो आज पनि त्यो दिन सम्झँदा म आफैले आफैलाई बिर्सन पुग्छु यो सारा उज्यालो संसार मेरा लागी अँध्यारोमा परिणत हुन पुग्छ त्यति बेला कयौँ रात मेरा आँखा तिमि आउँने बाटो हेरी आशा राख्दै थियो । मेरा कानमा तिमीले जस्तो बेलामा पनि नानी भनी बोलाएको आवाज मात्र आइरह्यो जति बेला म बिस्तारबाट आत्तिएर हजुर भन्दै बाहिर निस्कन्थे निष्पस्ट अँध्यारोमा तिमीलाई देख्दैन थिए फेरि म लट्पटिदै भित्र छिर्थी र फेरि महसुस गर्थी कतै मलाई झुकाएर मेरो विस्तारामा लुकि रहेका छौ कि ? भनेर सिरक पल्टाउथे तर पाउँदैन थिए डाको छोडेर रुन्थे,त्यही सिरकले मुख छोपेर चिच्याउथे कयौँ रात तिमीे आउने आसमा नै बिताए र जवरजस्त बिहानीपख निदाउने हिक्मत गर्थी जब निदाउन थाल्थी तिमि अगाडी आएर उभिएको जस्तो लाग्थे फेरि तिमीलाई अँगालो मार्न पुग्थे तर मेरो अँगालो रित्तो हुन्थे फगत तिमि छायाँ मात्र बनेर सधैँ मलाई माया गरी रोयौ म त्यही कल्पनाबाट सागर तर्ने हिक्मत बटुल्न थाले आज पनि म त्यही यात्रामा छु जुन आधा बाटोमा मलाई छोडेका थियौ ।

विजय ! यी सबै हामी बिचको सम्बन्ध कस्तो सम्बन्ध भयो है ?हिजो तिमिसगँ हुँदा पनि चाहाना,भावना सबै सबैलाई आफ्नो देश र प्रजालाई चढायौ तिमि त यो लडाइमा विजय भयौँ तर म त अग्नि परीक्षामा आज पनि छु जुन परीक्षामा विजय वा पराजयको फैसला बाँकी छ । अनि तिमिसगँको जुन रात अनि जुन साथ अन्तिम थियो त्यो बेला तिमीले मलाई भनेको प्रत्येक शब्द आज पनि याद छ तिमि र म बस्ने धर्ती नै फरक भयो,हामी सुत्ने ओछ्यान नै फरक भयो,खाना खाने भान्सा घर नै फरक भयो,तिमि र मेरा समाज र समुदाय नै फरक भयो ,हामी हिँड्दा डुल्दा एक्ला एक्लै भयौ तर तिमीलाई थाहा छ ? हामीसँग एउटा कुरा मात्रै फरक छैन, जुन मुटु हाम्रो एउटै छ ।

विजय ! तिमि मसँगै भैदिएको भए यो सङ्घर्षमा म एकान्तमा मुख छोपेर पलपल रुनु पर्ने थिएन होला ? जीवनका काहालि लाग्दा मोडहरूमा अल्मलीने थिएन होला ? सबैबाट न्यानो माया सद्भाव जान पहिचान सजिलै पाउँथी होला ?अँध्यारो रातमा एक अर्काको शाहारा बन्थै होला ? है

विजय ! यो त भावना मात्र, भयो होइन र ? मलाई विश्वास गर मेरो जीवनको प्रत्येक पाइलामा तिमि अगाडि छौ म सुत्नु भन्दा अगाडि तिमीलाई गुड नाइट भन्दै छातीमा टासिएर निदाउँछु ! फेरि बिहान मेरा आँखा खुल्छ गुड मर्निङ भन्दै तिम्रो न्यानो अँगालोबाट छुटेर म अरू काममा बाहिर निस्कन्छु तिमि मसँग हौ वा नहौ भौतिक रूपमा मेरो मुटुमा तिमि छौ त्यसैले मैले फेर्ने प्रत्येक सासमा तिमि छौ,गाँसमा तिमि छौ बासमा तिमि छौ र आँटमा तिमि छौ र त आज पनि तिमिसगै बाचेको छु आई मिस यु विजय । आई मिस यु ।
धन्यवाद ।