प्रचण्डको प्रस्ताव ओलीले मानेनन्: पाँच नेताको बैठक पनि 'टाइमपास' मात्र - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रचण्डको प्रस्ताव ओलीले मानेनन्: पाँच नेताको बैठक पनि ‘टाइमपास’ मात्र



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको औपचारिक बैठक आगामी २७ गते राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुरोध गरेका छन्। तर प्रधानमन्त्री ओलीले भने आनाकानी गरेको बुझिएको छ ।

धुम्बाराहीमा बैठक बस्नु अगाडी बालुवाटार पुगेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उक्त मितिमा बैठक राख्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउने विषयमा सहमति नगरेको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनलदे भने, ‘हाम्रो तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले अनुरोध गर्नुभएको छ। तर, अध्यक्ष ओलीले सहमति जनाउनुभएको छैन।’

धुम्बाराहीमा मंगलबार बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकमा उक्त दिनसम्म कुर्ने निर्णय भएको छ। उनले भने, ‘पर्सिसम्म कुर्ने हामीले सल्लाह गरेका छौं। पर्सी बैठक बस्छ भनेर सोचेका छौं।’

प्रचण्डले आफू र ओलीबीच भएको छलफलको ब्रिफिङ बैठकमा गरेका थिए। श्रेष्ठले भने, ‘कार्यकारी अध्यक्ष ओलीसँग भेट गरेर गम्भीरतापूर्वक छलफल गर्नुभयो । छिटो भन्दा छिटो बैठक बस्नुको विकल्प छैन भन्नुभएको छ।’

बुधबार किमाथाङ्का जाने भएकाले २७ गते सचिवालय बैठक बोलाउन प्रचण्डले प्रस्ताव गरेका हुन्।

सचिवालयका ५ सदस्यहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठबीच करिब डेड घण्टा चलेको थियो।