तिलाकर्णाली बचत तथा ऋण सहकारीद्बारा वृद्धवृद्धाहरुलाई कम्बल वितरण  - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

तिलाकर्णाली बचत तथा ऋण सहकारीद्बारा वृद्धवृद्धाहरुलाई कम्बल वितरण 



हिमाल पोस्ट / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालीका- २ मा रहेको तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लि. ले ६० वर्ष पुरा भएका वृद्धवृद्धा शेयर सदस्य तथा बचत कर्ताहरुलाई आज एक कार्यक्रमका विच कम्बल वितरण गरेको छ ।

जाडो सुरु भएसङ्गै चिसोको कारणले गर्दा वृद्ध वृद्धाहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले सहकारी संस्थाले आफ्ना ४५ जना वृद्ध वृद्धा शेयर सदस्य तथा बचत कर्ताहरुलाइ संस्थाले कम्बल वितरण गरेको सहकारीका अध्यक्ष रण बहादुर भण्डाराले बताउनु भएको छ ।

२०६८ सालमा स्थापना भएको सहकारीमा हाल ८ सय जना शेयर सदस्यहरु रहेका छन् । सदस्यहरुलाइ पहिलो चरणमा फलफूलका बोट विरुवा वितरण गरेको सहकारी संस्थाले अहिले न्यानो कम्मल वितरण गरेको हो ।

साथै आजकै मितिबाट लागुहुने गरि सहकारीले आफ्ना शेयर सदस्यहरुका लागी जीवन सुरक्षा कार्यक्रम र नयाँ दुलही स्वागत कार्यक्रम अगाडी सारेको छ । जीवन सुरक्षा कार्यक्रम अन्तरगत शेयर सदस्यहरुले एक पटकमा ५ हजार जम्मा गरेमा कुनै कारण बस चोट पटक, आगलागी तथा जटील समस्या परेमा संस्थाले रु.२५ हजार सहयोग उपलब्ध गराउने छ भने, शेयर सदस्यको मृत्यु भइहाले रु.१ लाख बरावरको काजक्रिया खर्च बाफत शेयर सदस्यका आफन्तलाइ उपलब्ध गराउने भएको छ ।

त्यस्तै, नव दुलही स्वागत कार्यक्रम अन्त्तरगत सहकारी संस्थामा आबद शेयर सदस्यहरुको घरमा दुलही भित्रीएमा दुलहीको नाममा रु. एक हजार बरावरको निःशुल्क शेयर प्रदान गरिने श्री तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लाल बहादुर भण्डराले बताउनु भएको छ ।