अधिवक्ता भट्टराईको बहस: सरकार न्यायापालिकालाई विघटन गर्नेतर्फ लाग्यो - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अधिवक्ता भट्टराईको बहस: सरकार न्यायापालिकालाई विघटन गर्नेतर्फ लाग्यो



काठमाडौं– अधिवक्ता डा. टीकाराम भट्टराईले न्यायापालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढेको बताएका छन्। संवैधानिक इजलासमा बहसका क्रममा उनले यस्तो बताएका हुन्।

‘कार्यपालिकाबाट धम्की दिने काम भएको छ। दुई जना न्यायाधीशको विषयलाई लिएर यसरी प्रस्तुत हुने जुन काम भएको छ, कार्यपालिका जुन ढंगले अघि बढेको छ। आज न्यायपालिका र संविधानलाई जहाँ लैजान खोजिएको छ, त्यो राम्रो होइन,’ उनले भने।

उनले जस्तोसुकै परिस्थितिमा न्यायालय र संविधान बचाउन अदालत तयार हुनुपर्ने बताए। ‘कुनै पनि खालको धम्कीबाट प्रभावित हुनु हुँदैन। पञ्चायत र राजाको शासनमा समेत नभएको काम अहिलेको कार्यपालिकाबाट हुर्मत लिने जुन काम भएको छ। त्यो सह्य हुँदैन,’ उनले भने,‘यो न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिकाले लैजान खोजेको छ। अहिले कार्यपालिकाले नै यसरी काम गर्दा इजलास गठन प्रक्रिया कहाँसम्म जाला? कार्यपालिकाका गतिविधिलाई टुलुटुलु हेरेर बस्न सकिँदैन।’

कार्यपालिका जसरी प्रस्तुत भएको छ, यो हदसम्मको निर्लज्ज प्रहार कहिले पनि नभएको उनको भनाइ छ। ‘हामीले हिजो राजाको शासन कालमा पनि बहस गरेका थियौं। यस्तो कहिले नै थिएन। कार्यपालिकाले यस्तो गर्ने छुट हुँदैन,’ उनले भने।