३९ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा टिकापुरमा रक्तदान तथा फलफूल वितरण - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

३९ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा टिकापुरमा रक्तदान तथा फलफूल वितरण



उमेश थापा ।

३९ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिबार टिकापुरमा रक्तदान तथा बिरामीहरुलाई फलफूल बितरण कार्यक्रम गरिएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जानकी गाउँ कार्यसमिति तथा टिकापुर नगर समितिको संंयुक्त आयोजनामा रक्तदान तथा फलफूल वितरण कार्यक्रम गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन टिकापुर नगर अध्यक्ष तारा प्रसाद जोशिले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जानकी गाउँपालिका अध्यक्ष जनक थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा जानकि गाउँपालिका वडा नं ९ का अध्यक्ष खकेन्द्र भण्डारी रहनुभएको थियो। उक्त रक्तदान कार्यक्रममा २० जना सहभागीले रक्तदान गरेका छन।

रक्तदान तथा फलफूल बितरण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला सचीव चक्रराज तिमिल्सिना , समाजसेवी श्याम खत्री , सुर्यचन्द्र भट्टराई ,नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय प्रतिनिधि जुगमती चौधरी , विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतकाको उपस्तिथि रहेको जनाईएको छ।