टिकापुर महोत्सव : राजनीतिक दलसंग छलफल
सबैको भावना समेटेर महोत्सव गर्दैछौः सुरेन्द्र किशोर गिरी
लोकेन्द्र रावल
टीकापुर । टीकापुर महोत्सव २०७५ लाई सफल बनाउन शनिबार टीकापुरस्थित राजनीतिक दलका नेताहरुसंग उद्योग बाणिज्य संघले छलफल गरेको छ । छलफलमा दलका नेताहरुले महोत्सवलाई मितव्ययी बनाउनुका साथै स्थानीय उत्पादन प्रबद्र्धनमा ध्यान दिन महोत्सव आयोजक संस्था उद्योग बाणिज्य संघलाई सुझाब दिएका छन् ।
उनीहरुले महोत्सवमा आउने हरेकले भरपुर मनोरञ्जन लिएर जाने वातावरण बनाउन आयोजकलाई सुझाव दिए । राष्ट्रिय कलाकार नचाएर महोत्सव सफल हुदैन भन्दै उनीहरुले महोत्सवले यस क्षेत्रको विकासमा टेवा पु¥याउने गरी सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका सवालमा आफु सचेत भएको भन्दै सुरक्षा रणनीति तयार गरिरहेको जानकारी गराउनुुभयो ।
संघका उपाध्यक्ष राजेन्द्रबहादुर शाहको सभापतित्वमा भएको छलफल कार्यक्रममा संघका अर्का उपाध्यक्ष सुरेन्द्र किशोर गिरीले यसक्षेत्रका हरेक धर्म र संस्कृति मान्नेहरुको सामूहिक महोत्सव भएकाले महोत्सव सफल बनाउन सबैको सहयोग चाहिन्छ भन्नुभयो । ‘सबैको भावना समेटेर महोत्सव गर्दैछौं, यस पटक लम्की खक्रौला सडक चार लेन महोत्सवको मुख्य ऐजेण्डा हो,’ उपाध्यक्ष गिरीले भन्नुभयो, ‘स्थानीय उत्पादन लुकाएर होइन महोत्सवमा प्रदर्शन गरेर व्यबसाय बढाउन आग्रह गर्दछौं ।’
छलफल कार्यक्रममा नेकपाका नेता प्रेम बहादुर साउँद, भैरबबहादुर रावल र श्याम खत्री, नेपाली कांग्रेस का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नगर सचिब जवालसिंह तिरुवा, राजपाका नेता लक्ष्मण किशोर चौधरी लगायतले महोत्सबको बारेमा बिचार राख्नुभएको थियो ।
कार्यक्रम संचालन महासचिव रामबहादुर भण्डारीले गर्नुभएको थियो । माघ १८ गते देखि २८ गते सम्म चल्ने महोत्सवको उद्घाटन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रघुबिर महासेठले गर्ने तय भएको छ ।
मन्त्री महासेठसंग टीकापुर उद्योग बाणिज्य संघले लम्की खक्रौला सडक खण्डलाई चार लेनको निर्माणमा सहयोग गरिदिन आग्रह गर्ने भएको छ ।