विजया दशमीको टिकाको उत्तम समय यस्तो छ ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विजया दशमीको टिकाको उत्तम समय यस्तो छ !



काठमाडौं । यस वर्षको विजया दशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।

दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।

नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विजया दशमीका दिन विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको पनि समितिले जनाएको छ ।

देवी विसर्जन गरिसकेपछि विहान ९ बजेर ५१ मिनेट टीकाका लागि उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए ।

उनले राज्य सञ्चालनमा रहेकाहरुले साइतमै टीका लगाउनु उत्तम हुने पनि बताए ।