टिकटको टुंगो लाग्यो , को–कहाँबाट चुनाव लड्दैछन् कांग्रेसका शीर्ष नेताहरु ? नामावली सहित - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

टिकटको टुंगो लाग्यो , को–कहाँबाट चुनाव लड्दैछन् कांग्रेसका शीर्ष नेताहरु ? नामावली सहित



काठमाण्डौ /कात्तिक ९ ।

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि शीर्ष नेताहरुको निर्वाचन क्षेत्रको टुंगो लगाएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुको टिकटको टुंगो लगाएको हो । प्रधानमन्त्री देउवाले पूरानै कार्यक्षेत्र डडेल्धुराबाट उम्मेद्वार बन्ने निश्चित भएको छ भने बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्ने भएका छन् । त्

यस्तै नेताहरु सशांक कोइराला नवलपरासी १, प्रकाशमानसिंह काठमाण्डौ १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेताहरु विजय गच्छदार सुनसरी ३, गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, महेश आचार्य मोरङ ४, शेखर कोइराला मोरङ ६, मिनेन्द्र रिजाल मोरङ २, नारायण खड्का उदयपुर १, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, गगन थापा काठमाण्डौ ४, प्रकाशशरण महत काठमाण्डौ ५, नविन्द्रराज जोशी काठमाण्डौ ८, नारायण कार्की उदयपुर २, अर्जुन जोशी पर्वत र फर्मुला मन्सुर बारा ३ बाट उम्मेद्वार हुने बैठकले निर्णय गरेको छ ।