दसैँका लागि टिकट बिक्री आजदेखि : भाडा दर सहित - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

दसैँका लागि टिकट बिक्री आजदेखि : भाडा दर सहित



भदौ २७, काठमाडौँ ।

दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । लामो दूरीका सवारीका लागि नयाँ बसपार्कबाट टिकट लिन सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

मङ्गलबार महासङ्घले नयाँ बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । अग्रिम टिकट बुकिङका लागि सम्पूर्ण तयारी पूरा भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो ।

मङ्गलबार बिहान छ बजेदेखि अग्रिम टिकट बुकिङ नयाँ बसपार्कमा खुला हुनेछ । भदौ २२ गतेबाट खुला गर्ने भनिए पनि यातायात व्यवसायीको असहमतिका कारण यातायात व्यवस्था विभागले टिकट खुलाउन सकेको थिएन तर गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको पहलमा यातायात व्यवस्था विभाग र व्यवसायीबीच सहमति भएपछि मङ्गलबारबाट खुला गरिएको हो । गोरखापत्र बाट

बसको क्यारियर (छत) राख्न नपाउने कानुनी व्यवस्था भए पनि व्यवसायीको दबाबपछि यातायात व्यवस्था विभागले हालका लागि छत राख्न छुट दिएपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् । क्यारियरमा यात्रुका सामान तथा झोला राख्न पाउने गरी विभागले सहमति गरेको थियो ।

भाडा दर हेर्नको लागि यहाँ क्लीक गर्नुहोस 

Bhadadar