भारतीय नेताले ओलीलाई पत्र लेखी भने त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल खतरनाक छ ! - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

भारतीय नेताले ओलीलाई पत्र लेखी भने त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल खतरनाक छ !



काठमाडौ । भारतीय जनता पार्टीका बरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई चिठ्ठी लेखेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बिषेश सल्लाहकार समेत रहेका जौलीले एक प्रेस विज्ञाप्ति निकाल्दै नेपालको अन्तराष्ट्रिय बिमानस्थल खतरनाक रहेको भन्दै प्रधानमन्त्रीलाई चिठ्ठी मार्फत जानकारी गराएको बताएका हुन् ।

प्रेस विज्ञाप्तिमा नेपालको हवाई मैदानका कारण ठुला दुर्घटना भएको र यसको बारेमा नेपालको नागरिक उड्यन प्राधिकरणलाई पटक पटक जानकारी गराउदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुले चिठ्ठी लेखेर काठमाडौ एयरपोर्टको बारेमा जानकारी गराएको उल्लेख छ ।

जौलीले त्रिभुवन बिमानस्थल अन्तराष्ट्रिय बिमानको उडानकोलागि अयोग्य भएको भन्दै नेपाल सरकारलाई तत्काल कदम चाल्न समेत आग्रह गरेको बताएका छन् । उक्त बिज्ञप्तीमा त्रिभुवन बिमानस्थलको खराव मैदानका कारण युएस बांग्लाको बिमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाईन्सको बिमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भिर आरोप लगाइएको छ ।

जौलीले जारी गरेको बिज्ञप्तीमा २०१२ सालमा बनेको बिमानस्थल ६३ बर्ष बितिसक्दापनि अहिले सम्म मर्मत नभएको कारण जुनसुकै बेला पनि जस्तो सुकै दुर्घटना हुने चेतावनी दिदापनि नेपालको नागरिक उड्यन प्राधिकरणको आंखा खुल्न नसकेको आरोप समेत लगाइएको छ ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जौलीले दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् । ६३ बर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुराम कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए ।