विवेकशील साझाको देशब्यापी 'ठूलो माछा समाऊ अभियान' - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

विवेकशील साझाको देशब्यापी ‘ठूलो माछा समाऊ अभियान’



काठमाडौं । विवेकशील साझा पार्टीले मंगलबार बिहान देशैभर एकसाथ ‘ठूलो माछा समाऊ अभियान’ गर्दैछ । बिहान ११ बजे भेला भएर भ्रष्टाचार विरूद्ध संघर्ष अघि बढाउन शंख भए शंख, घण्ट भए घण्ट, नभए सिठी बजाउन आव्हान गरिएको छ ।

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले देशभरि जहाँ भए पनि त्यहीं जम्मा भएर अभियानमा साथ दिन आग्रह गरेका छन् । देशमा ब्याप्त भ्रष्टाचार अन्त्यका लागि चेतना जगाउन विवेकशील साझाले विभिन्न गतिविधि गर्दै आएको छ ।

अख्तियार दूरुपयोग अनुसन्धानका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीले पहिलो पटक ठूला भ्रष्टाचारीलाई ठूला माछा शब्दको प्रयोग गरेका थिए ।

उनले ठूला माछा पक्राउ गर्ने भन्दै तर्साउँदा तर्साउँदै जागिरबाट हात धुनुपर्यो । त्यस उप्रान्तका अख्तियार प्रमुख पनि त्यसै भनिरहेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भनिरहेको छ । तर भ्रष्टाचार बढिरहेको छ ।

साझा पार्टीले वाइडबडी विमान खरिद काण्डमा भएको भ्रष्टाचार, आयल निगम काण्ड, अख्तियारका आयुक्तको काण्ड साथै सुनकाण्डलाई ठूलामाछाभित्र हालेको छ ।