ठुला विकास निर्माणका योजनालाई प्राथमिकता दिन आग्रह - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

ठुला विकास निर्माणका योजनालाई प्राथमिकता दिन आग्रह



पदम ओझा / बौनिया,कैलाली ।

कैलालीको बर्दगोरिया गाउपालिकाले ६ ओटै वडामा आर्थिक बर्ष २०७५/०७६ को योजना तर्जुमा छनौट भेला सम्पन्न गरेका छन । स्थानियले भेला बाट ठुला बिकास निर्माण का योजनालाई प्रथमिकता दिन सुझाब दिएका छन । स्थानीयले साना तथा टुक्रे योजना भन्दा ठुला योजनालाई प्रथामिकता दिन आग्रह गरेका हुन ।

गाउपालिकाका प्रत्येक वडामा करिब ६/६ करोड बराबरको योजना छनौट भएका छन । ठुला योजना छनौट गरि गाउबासिलाइ बिकासको अनुभूति दिन सल्लाह दिएका छन । पुरानै रितिलाई निरन्तरता दिदै कतै ग्रभेल,ढल निकास,बाटो चौडा लागएतका योजना मात्र छनौट भएका वडा न २ का अध्यक्ष भेखु चौधरिले जानकारी दिनुभयो । स्थानीय नबिन ढुंगानाले टुक्रे योजनाले समस्याको समाधान गर्ने नभई गाउबासिको चित्त बुझाउने मात्र काम हुने बताए ।

भेलामा ढल निकास,तटबन्धन,स्वास्थ लगाएत शिक्षा क्षेत्रमा पनि लगानी गर्न ढुङगानाले आग्रह गरेका छन । वडा न २ का अध्यक्ष भेखु चौधरिले वडामा ६ करोड का योजना छनौट भए पनि यश बर्ष गत बर्ष को तुलनामा गाउपलिकामा बजेट कम आएको जानकारी दिनुभयो । बजेट कम भए पनि मिलाएर बिकास निर्माणलाई अगाडि बढाउनु पर्ने चौधरिले बताए । वडा नं ६ का अध्यक्ष राम कृष्ण चौधरिले आफ्नो वडमा बाकी रहेका बाटो ,ढल निकास लगाएत कृषी ,स्वस्थ्य क्षेत्रमा बढी योजना आयको बताए । चौधरिले राय सुझाब लिदै आगामी आर्थिक बर्षमा कृषि,स्वस्थ्य र शिक्षा क्षेत्रलाई पहिलो प्रथमिक्ता दिने बताए । यसै गरि अन्य वडामा पनि बाटो ,स्वस्थ्य ,शिक्षा र कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिने वडा अध्यक्षहरुले बताएका छन ।