तीन प्रकारका कोरोना भाइरस पत्ता लगाएको दाबी - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

तीन प्रकारका कोरोना भाइरस पत्ता लगाएको दाबी



काठमाडौं- क्याम्ब्रिज विश्वविद्यालयले गरेको अध्ययनले तीन प्रकारका कोरोना भाइरस पत्ता लगाएको दाबी गरेको छ । विश्वविद्यालयले डिसेम्बरबाट मार्चसम्मको कोरोना सङ्क्रमित र सङ्क्रमणको तहगत अध्ययन गर्दै यस्तो निष्कर्ष निकालेको दाबी गरेको हो ।

हाल विश्वभर धेरै अध्ययनहरू कोरोना भाइरसलाई नै लिएर भइरहेका छन् भने विभिन्न वैज्ञानिकहरू यसको औषधि पत्ता लगाउन तल्लीन भइरहेका छन् । यसै सन्दर्भमा क्याम्ब्रिज विश्वविद्यालयले पनि यसमाथि अध्ययन गरेको थियो ।

हाल अमेरिकामा भएको सङ्क्रमण चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस नै भएको बताइएको छ । कोरोना सङ्क्रमणको तहगत अध्ययन गरेर यो तीन प्रकारका कोरोना भाइरसको तथ्य फेला परेको बताइन्छ ।

यी तीन वटै कोरोना भाइरसका स्वभाव र प्रभाव पनि फरक फरक रहेको बताइएको छ । पहिलो अर्थात् टाइप ए चाहिँ हुवानमा चमेरोमार्फत मानिसमा सरेको भाइरस भएको अध्ययनमा उल्लेख छ।

चमेराहरूमा भने सालकहरूबाट कोरोना सरेको उल्लेख छ । तर यो मात्र कोरोनाको विशुद्ध प्रजाति भने होइन । डिसेम्बर महिनामै टाइप दुई कोरोना भाइरस मानिसमा सरिसकेको उल्लेख गरिएको छ ।

सबैभन्दा बढी सरेको चाहिँ टाइप ए कोरोना भाइरस पिएको छ जुन अहिले अस्ट्रेलिया, चीन र अमेरिकामा देखिएको सङ्क्रमणको कारक हो, यस टाइप ए बाट अहिलेसम्म लाखौँ सङ्क्रमितहरू देखिएका छन् ।

अमेरिकाका दुई तिहाइ सङ्क्रमित स्याम्पलहरू टाइप ए का पाइयो तर रहस्यको कुरा के भने टाइप ए भाइरस पाइए पनि सङ्क्रमितहरू पश्चिम तटबाट आएको पाइए जबकि अमेरिकामा सर्वाधिक सङ्क्रमित सहर चाहिँ न्यु योर्क हो जुन पश्चिममा छैन ।

डाक्टर पिटर फोस्टर र उनका सहयोगीले गरेको अध्ययनमा बेलायत चाहिँ टाइप बी सङ्क्रमणले ग्रसित पाएका छन् । स्वीजरल्याण्ड, जर्मन, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा पाइएका दुई तिहाइ स्याम्पलहरू पनि टाइप बी कै पाइयो ।

अर्को टाइप सी चाहिँ युरोपमा सिंगापुर मार्फत सरेको बताइएको छ, वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसले स्थानीय मानव समुदायको अवस्था अनुसार तिनीहरूको रोग प्रतिरोधात्मक क्षमता निष्क्रिय गराउन आफूमा रूपान्तरण अर्थात् म्युटेसन गर्ने तथ्य पत्ता लागेको छ । यो झनै भयानक कुरा हो ।

यसका साथै अमेरिकीहरूमा डिसेम्बर अघि नै कोरोना सङ्क्रमण रहिसकेको सम्भावना पनि छ भन्ने प्रश्नमा शोधकर्ता समूहले यसका लागि थप ठुलो अध्ययन गरिनुपर्ने बताएका छन् । यस अध्ययनका अनुसार टाइप बी कोरोना चाहिँ अत्यन्त सक्रिय रूपमा फैलिरहेको छ ।

एजेन्सीको सहयोगमा