मन्त्रिपरिषदले बनायो थिंक ट्यांक समूह, संयोजकमा मिश्र
सरकारले अनुसन्धान प्रतिष्ठान नामको थिंक ट्यांक समूह बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले समुहको संयोजक प्रा. डा. चैतन्य मिश्रलाई बनाएको छ।
यसैगरी प्रतिष्ठानका सदस्यहरूमा डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने निर्णय भएको छ ।
यस्तै, माथिल्लो अरुण आयोजना आफ्नै स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत् बनाउने निर्णय भएको छ । बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।