तेह्रथुममा तीनवटा श्रीमती भएका बाबुविरुद्ध छोरी बलात्कार गरेको किटानी जाहेरी - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

तेह्रथुममा तीनवटा श्रीमती भएका बाबुविरुद्ध छोरी बलात्कार गरेको किटानी जाहेरी



तेह्रथुम ।। तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ ।

डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् ।

गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएको निमित्त प्रमुख कुलबहादर खड्काले बताउनुभयो ।

बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । छोरीको पेटमा ५ महिनाभन्दा बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन् ।

गएको भदौ महिनादेखि आफूलाई वुबाले पटक–पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन् । झड्केली छोरी बलात्कार गर्ने वुबाका ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ ।

बालिकाकी आमाले आफू घरमा नभएको बेलामा छोरीलाई डर त्रास देखाएर श्रीमानले पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । श्रीमान् पूर्वी तराइमा अर्की श्रीमतीसँग बस्दै आएको आमाको भनाई छ ।

अर्की श्रीमती ल्याएर तराइमा बस्दै आएका श्रीमान् गएको भदौ महिनादेखि बाक्लै रुपमा आफ्नो घरमा आउजाउ गरिरहेको आमाले बताएको प्रहरीले जनाएको छ ।

घरमा श्रीमानको आउजाउ बढेसँगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा वुबाले पटक–पटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाई छ ।

गरिबीका कारण आफू कामका लागि अन्यत्र जाने गरेको र त्यही मौका छोपेर श्रीमानले छोरीको बलात्कार गरेको आमाको आरोप छ ।

बलात्कृत बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । किटानी जाहेरी आएकाले जवरजस्तीकरणीमा मुद्धा दर्ता गरी अघि बढाउने प्रहरीको भनाई छ ।

हाडनाता भित्र बालात्कृत भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धन थालिएको छ । घटना सार्वजनिक भए लगत्तै तराईमा बस्दै आएका पीडित बालिकाका वाबु त्यहाँबाट पनि फरार भएको प्रहरीले जनाएको छ ।