राष्ट्रपतिलाई तानेपछि प्रधानमन्त्री ओलीमाथि थप संकट - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

राष्ट्रपतिलाई तानेपछि प्रधानमन्त्री ओलीमाथि थप संकट



काठमाडौं- शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउने बिरोधि समुहले तयारी गरेको बताएपछि नेकपाको विवादले अर्कै मोड लिएको छ ।

प्रधानमन्त्री ओलीको उक्त भनाईको बारेमा यथार्थ जानकारी गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू बिहानै राष्ट्रपति शितन निवास पुगेर प्रष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त अभिव्यक्ति पश्चात पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नै यो निराधार आरोप भएको समेत बताए । उनले पार्टीको आन्तरिक कलहमा राष्ट्रपति जस्तो सम्मानित संस्थालाई बिचमा ल्याउन नहुने समेत बताए ।

पार्टीमा सबैतिर अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत समुहले दुवै पदबाट राजिनामा गर्नुपर्ने अडान लिएकै बेला प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थको लागि राष्ट्रपति संस्थालाई अनावस्यक विवादमा ल्याएको आरोप लाग्न थालेको छ । नेकपाकै नेता देखि कार्यकर्ताहरूले समेत सामाजिक संजालमा यस्ता टिका टिप्पणी गरेका छन् ।

गत आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई भारतको इसारामा आफ्नै पार्टीका नेताहरूले हटाउन खोजेको बताएपछि रक्षात्मक बनेका ओलीका लागि राष्ट्रपतिलाई आफ्नो स्वार्थको रूपमा प्रयोग गर्न खोजेको बिषयले झनै अफ्ठ्यारोमा पार्ने देखिएको छ ।

आज आइतबार बालुवाटारमा बसिरहेको निर्णायक वार्तामा पनि प्रचण्ड समुहले यो बिषय कडा रूपमा उठाउने तयारी गरेको स्रोतले बताएको छ । वार्तामा मात्र होइन यो विषयले भोली सोमबार बस्ने जारी स्थायी कमिटिको बैठकमा थप जोडतोडले उठ्ने पक्का छ ।

एक पछि आक्रो फण्डा गरेर उम्किन खोजेको आरोप लागेका प्रधानमन्त्री ओलीलाई आफ्नै अभिव्यक्तिहरू पछिल्लो समय गलाको पासो बनिरहेका छन् । एकातिर पार्टीमा पूर्ण अल्पमतमा परेका उनलाई पार्टीले गरेको निर्णय मान्नुपर्ने आवाज उठिरहेको छ भने अर्कातिर आफ्नै क्रियाकलाप र अभिव्यक्तिले परिस्थिति थप जटिल बनेको छ ।