नेपालमा थपिए फेरि १८ जना सङ्क्रमित‚ कूल संक्रमित संख्या ३७५ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपालमा थपिए फेरि १८ जना सङ्क्रमित‚ कूल संक्रमित संख्या ३७५



काठमाडौं- नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं‚ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान‚ भेरी अस्पताल‚ नेपालगञ्ज र कोशी अस्पताल‚ विराटनगरमा गरिएको परीक्षणअनुसार १८ जनामा संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संक्रमण पुष्टि हुनेमा धनुषा निवासी २ पुरूष‚ खोटाङ हलेसी निवासी १ जना पुरूष‚ बाँके नरैनापुर निवासी १२ जना पुरूष‚ दैलेख आठबिस-१ निवासी १ पुरूष‚ सुनसरी निवासी १ जना पुरूष र झापा निवासी १ जना पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।